२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

कृषि विश्वविद्यालय चार दिनदेखि ठप्प

रमेशकुमार पौडेल

चितवन — कर्मचारी आन्दोलनले रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय आइतबारदेखि ठप्प छ । तालाबन्दीका कारण परीक्षासमेत प्रभावित भएको छ । ज्यालादारीमा कार्यरत श्रेणीविहीन कर्मचारीलाई वरिष्ठताका आधारमा करारमा ल्याउनुपर्ने उनीहरूको माग छ ।

कृषि विश्वविद्यालय चार दिनदेखि ठप्प

यस्ता १ सय २३ कर्मचारीको व्यवस्थापन हुन बाँकी रहेको आन्दोलनरत कर्मचारी अमृत विकले बताए । ‘अफिस आएको दिनको मात्र तलब पाउने गरी ज्यालादारीमा काम गरेको वर्षौं भयो । दसैंको टीका लगाएर पनि अफिसमा हाजिर हुनुपर्ने अवस्था छ । ती कर्मचारीको व्यवस्थापन विश्वविद्यालयले गर्नै चाहेन,’ उनले भने । त्रिभुवन विश्वविद्यालयको आंगिक रूपमा रहेको तत्कालीन केन्द्रीय कृषि क्याम्पस नै पछि विश्वविद्यालय बनेको हो ।


त्रिविबाट आएका श्रेणीविहीन कर्मचारीको व्यवस्थापन भए पनि नयाँ विश्वविद्यालय बनेपछि नियुक्त त्यस्ता कर्मचारीको व्यवस्थापन हुन नसकेको उनले विकले बताए । अर्का कर्मचारी विजय बुढाथोकीले रजिस्ट्रार मनराज कोलाक्षपतिले कर्मचारी व्यवस्थापन हुने बताए पनि उनी त्यत्तिकै हिँडेको बताए । यो विषय व्यवस्थापन हुन्छ भन्दै आएकोमा व्यवस्थापन नगरी बिदा भएका कारण कर्मचारीहरु आन्दोलनमा उत्रेको बताए ।


‘विश्वविद्यालय कार्यकारी परीषद्‌बाट कर्मचारीको विषय टुंगो लगाउने कोलाक्षपति सरको योजना थियो । माघ ९ र १० गते परिषद् बैठक पनि बस्यो । तर यो विषय निरुपण भएन । त्यसपछि माघ १२ गतेबाट कोलाक्षपति सरको कार्यकाल नै सकियो’ बुढाथोकीले भने । त्यसैका कारण कर्मचारीहरु आन्दोलनमा उत्रेको उनले बताए ।


आन्दोलनमा संलग्‍न अर्का कर्मचारी दीपक पौडेल सबै संगठनका कर्मचारी एकीकृत भएर आन्दोलन गरेको बताउँछन । विश्वविद्यालय प्रशासनले आफूहरुलाई शुक्रबार वार्तामा बोलाएको आन्दोलन सुरु गरेका कर्मचारीहरुले बताए । विश्वविद्यालयमा उपकुलपति नियक्त हुन नसकेका बेलामा रजिष्ट्रारको कार्यकाल पनि सकिएको छ । कर्मचारीहरुको आन्दोलन पनि यही बेला सुरु भएको छ ।

प्रकाशित : माघ १६, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?