एमसीसीमा सैन्य शब्द छ भने देखाउनुपर्‍यो, नत्र स्याल जस्तो कराउनुपर्दैन: सञ्चारमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एमसीसी सम्झौतामा 'सैन्य' शब्द नभएको प्रष्टिकरण दिएका छन् । नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीको कुनै 'प्वाइन्ट'मा आईपीएस नभएको भन्दै छ भने देखाउन चुनौती दिए ।

ZenTravel

उनले भने, 'सैन्य शब्द छ भने देखाउनुपर्‍यो, नत्र स्याल जस्तो कराउनुपर्दैन।' उनले मुलुकको मुख्य परराष्ट्र नीति असंलग्न परारष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा ध्यान दिनुपर्ने बताए।

उनले एमसीसी र बीआरआई सम्बन्धित मुलुकले हितको कुरा भएको बताउँदै उनले आफूहरु व्याख्यता नरहेको बताए। आईपीएस बारे आफूहरुलाई थाहा नभएको पनि उनले बताए।

उनले भने, 'हामी कसैको सैन्यगठबन्धनमा सामेल हुँदैनौं। सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ। हामी हाम्रो स्वार्थको व्याख्यता हो।'

उनले शित युद्धमा पनि नेपालले अमेरिका,रुस,चीन र भारतबाट लिएको कुरा स्मरण गराए। एमसीसी ऊर्जाका निम्ति क्षमता विस्तार रसडकबनाउनेमा केन्द्रीत रहेको बताए।

उनले भने, 'हाम्रोमा विद्युत उत्पादन अब धेरै हुन्छ। बजार चाहिन्छ। भारतसँग विद्युत बजार विस्तारका लागि भारतसँग स्वीकृत लिएका छौँ। ताप्लेजुङमा उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारणमा जोड्न नसकेको आयोजनाको राष्ट्रिय प्रशारणमा पनि जोड्न सकेका छैनौं।'

प्रकाशित : माघ १६, २०७६ १५:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘प्रदर्शनकारीमाथि एक सन्की युवकले गोली चलाए, दिल्ली प्रहरी हेरिरह्यो’

एजेन्सी

नयाँदिल्ली — नागरिकता संशोधन कानुन(सीएए)   र राष्ट्रिय नागरिकता रजिस्टर(एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक सन्‍की युवकले गोली चलाएका छन् । 

बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीलाई ताकेर ती युवकले गोली चलाएका हुन्। प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ। भारतीय सञ्चार माध्यमका अनुसार ती युवकले प्रहरीसँग आफ्नो नाम गोपाल भएको बताएका छन्। साथै उनले आफू ‘रामभक्त’ भएको बताएका छन्। गोली प्रहारबाट जामिया मिलिया विश्वविद्यालयकी एक विद्यार्थी घाइते भएकी छिन्।

ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो। आफ्नै अगाडि खुल्लमखुला एक सन्‍कि युवकले गोली चलाउँदा पनि प्रहरी मूकदर्शक बनेको भिडियोमा देखिन्छ। प्रत्ययक्षदर्शीका अनुसार ती युवकले ‘वन्दे मातरम’, ‘भारत माताकी जय’ र ‘दिल्ली पुलिस जिन्दाबाद’ नारा लगाउँदै प्रदर्शनकारीमाथि गोली चलाएका थिए।

प्रहरीले ती युवक काे हुन् भन्नेबारेमा अनुसन्धान गरिरहेको बताएकाे छ।

भारतका विभिन्न ठाउँमा केही महिनादेखि सीएए र एनआरसीकाे विराेधमा लगातार विराेध प्रदर्शन भइरहेको छ। दिल्ली विधानसभा चुनावको केही दिनअगाडि मात्रै यस्तो घटना घट्‍नुलाई निकै महत्वका साथ हेरिएको छ।

प्रकाशित : माघ १६, २०७६ १५:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×