१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्रधानमन्‍त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता, नेपालमा व्यापार र लगानी गर्न आह्‍वान

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र  नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ । 

प्रधानमन्‍त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता, नेपालमा व्यापार र लगानी गर्न आह्‍वान

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकारी दिए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गरेका थिए ।


प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सहकार्यका लागि जोड दिएका थिए ।


विदेशमन्त्री एसलवर्नले साझा हितका आपसी विषयमा सहकार्यका तयार रहेको बताएका सहसचिव काफ्लेले जानकारी दिए । विदेशमन्त्री एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आएका हुन् ।


भ्रमण सम्पन्न गरी उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ १६, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?