साउनामा निसासिएर दम्पतीको मृत्यु

ललितपुर — साउना गएका एक दम्पतीको निसास्सिएर मृत्यु भएको छ । ललितपुर-१४ सातदोबाटोको विशालचोकमा रहेको फिट एण्ड फाइन एरोबिक फिटनेस जिम सेन्टरमा साउनामा वाफ लिन गएका दम्पतीको बुधबार राति मृत्यु भएको हो ।

साउनामा निसासिएर दम्पतीको मृत्यु

ललितपुर प्रहरी परिसरकी प्रवक्ता एसपी दुर्गा सिंहकाअनुसार मृत्यु हुनेमा हस्त गर्बुजा पुन मगर र नेत्रकुमारी मगर छन् ।


प्रवक्ता एसपी सिंहका अनुसार जिम सकेर दम्पती साउना बाथ लिन गएको तर धेरैबेरसम्म ढोका नखोलेपछि सञ्‍चालकले प्रहरीलाई खबर गरेका थिए । 'हामीलाई राति करिब ९ बजे खबर आएको थियो, हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि तुरुन्त पाटन अस्पताल लाँदा चिकित्सकहरुले मृत घोषणा गरेको हो' एसपी सिंहले भनिन् ।


मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए । म्याग्दी स्थायी घर भएका दम्पती पछिल्लो समय ललितपुर बस्दै आएका थिए ।


फिटनेस सेन्टर सञ्चालकलाई सोधपुछका लागि सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : माघ १६, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?