बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका ४ जनाको मृत्यु

सन्जु पौडेल

रुपन्देही — बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।

ZenTravel

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आफैले संकलन गरेर राखेको बोराले च्यापेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो। सटरभित्र तीनतर्फ नै बोराका चाङ थिए। बोराले थिच्दा उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ। उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।

प्रकाशित : माघ १६, २०७६ १२:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीद्वारा लैनचौर सहिद स्मारक पुगी सहिदप्रति श्रद्धाञ्जली

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारकमा पुगी सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर प्रधानमन्त्री ओलीले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने सहिदहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावप्रर्ण श्रद्धाञ्जली व्यक्त गरे।

प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सहिदको आत्म बलिदानमार्फत सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त भएको स्मरण गरेका छन्।

सहिदहरुको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौरस्थित सहिद स्मारकसम्म प्रभातफेरी गरिएको थियो। प्रभातफेरीमा सरकारी उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड टोली र मार्चपास सहितको टोलीको सहभागिता थियो।

प्रकाशित : माघ १६, २०७६ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×