बिहेमा हिँडेका १८ नेपाली सवार गाडी भारतमा दुर्घटना, २ जनाको मृत्यु, १२ घाइते

पर्वत पोर्तेल

काँकडभिट्टा — भारत पश्चिम बंगालको नगरकट्टा भन्ने स्थानमा बुधबार अपराह्‍न भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । १२ जना घाइते छन् । झापा बुद्धशान्ति ३ कि करिब ५० वर्षीया भूमा ढकाल र अन्दाजी ४५ वर्षका दिपज्योति ढकालको उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय पत्रकार अतित थापाले जानकारी दिए ।

ZenTravel

भारत–भुटानको सीमा सहर जयगाउँमा बिहीबार हुन लागेको आफन्तको बिहेमा हिँडेका १८ नेपाली यात्रु डव्ल्यू वी ७६–९१९४ को गाडीमा सवार थिए । विपरीत दिशाबाट आएको ७० एच ५७६२ नम्बरको वेगनर कार दुर्घटना भइ नेपाली यात्रु सवार गाडीमा ठक्कर खाएको थियो । ठक्करपछि नेपाली यात्रु सवार गाडी पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएकी झापा सुरुंगाकी मिरा भेटवालका अनुसार विपरीत दिशावाट आएको गाडी पल्टिँदै नेपाली यात्रु सवार गाडीमा ठोक्किएको थियो । नगरकट्टा प्रहरी थानाका प्रमुख सन्जु वर्मनले घटनामा बालबालिका र पाका यात्रीहरु बढी घाइते रहेको र उनीहरुको सुल्कापाडा र मालबजारमा उपचार भइरहेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार बुद्धशान्ति ३ का पर्शुराम ढकालकी सालीको बिहेको निम्तो मान्न आफन्तहरु बुधबार भारततिर हिँडेका थिए । भारतबाट मृतकको शव ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रोहितले गरे पर्सिजा जकार्तासँग दुईवर्षे सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली मिडफिल्डर रोहित चन्दले दुईवर्षे सम्झौतामा औपचारिक रूपमा बुधबार हस्ताक्षर गरेका छन् । इन्डोनेसियाको राजधानी जकार्तामा एजेन्ट रत्ना मुस्टिका र क्लबका अध्यक्ष फेरी पाउलुसको उपस्थितिमा हस्ताक्षर गरे ।


‘क्लबले तीन वर्षको प्रस्ताव गरेको थियो । अहिले दुई वर्षको सम्झौतामा हस्ताक्षर भयो । सम्झौता आज (२९ जनवरी २०२०) देखि लागू हुन्छ,’ रोहितका एजेन्ट मुस्टिकाले जकार्ताबाट भनिन्, ‘उनले राम्रो गर्नेमा विश्वस्त छु ।’ पर्सिजालाई इन्डोनेसियाको शीर्ष श्रेणीको लिग वान २०१८ मा च्याम्पियन बनाउन रोहितको भूमिका महत्त्वपूर्ण थियो । त्यो सिजन उनी लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । तर, २०१९ को सिजन पर्सिजा दसौं स्थानमै सीमित रह्यो ।

२८ वर्षीय रोहित घुँडाको शल्यक्रियापछि पुनरागमन गर्दै सन् २०१७ मा पर्सिजा पुगेयता त्यही क्लबमा निरन्तर रहेका छन् । उनी २०१३–१४ मा पनि पर्सिजामै थिए । त्यसपछि मलेसियाको टी–टिममा आबद्ध भएलगत्तै उनले एसीएलको उपचार गराउनुपरेको थियो ।

२०६६–६७ को सिजन मछिन्द्रबाट करिअर सुरु गरेका उनी नौ वर्षयता विदेशी लिगमै व्यस्त छन् । करिअर थालेको दोस्रो सिजन आई लिग खेल्न भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटडमा अनुबन्धित भएका उनी २०१२ मा पीएसपीएस पेकनबरुमा आबद्ध हुदै इन्डोनेसिया पुगेका थिए ।

प्रकाशित : माघ १६, २०७६ ०८:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×