कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महासचिव पौडेलको प्रतिवेदन : 'त्यसबेला हामी धर्तीमा टेक्न असमर्थ रह्यौं' (पूर्णपाठ)

बबिता शर्मा

काठमाडौँ — नेकपा महासचिव विष्णु पौडेलले दोस्रो संविधानसभा निर्वाचनका बेला तत्कालीन एमाले र माओवादीले आआफ्नो शक्तिलाई अति र अर्कालाई कम मूल्यांकन गरेका कारण सहकार्य हुन नसकेको बताएका छन् । 

महासचिव पौडेलको प्रतिवेदन : 'त्यसबेला हामी धर्तीमा टेक्न असमर्थ रह्यौं' (पूर्णपाठ)

बुधबार राजधानीमा सुरु पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेको महासचिवको संगठनात्मक प्रतिवेदनमा उनले 'पार्टी एकताको पृष्ठभूमि र महत्व' शीर्षकमा भनेका छन्- 'त्यतिबेला हामी धर्तीरमा टेक्न र आफ्नो शक्ति र सामर्थ्यलाई वस्तुनिष्ठ ठंगले बुझ्न असमर्थ भयौं ।' दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस ठूलो दल बनेको थियो ।

उनले संविधान घोषणापछि दुई कम्युनिस्ट पार्टीको अलग अस्तीत्वको औचीत्य पुष्टि हुनसक्ने अवस्था नरहेको पनि बताएका छन् ।

उनले लामो समयसम्म एकीकरण सम्पन्न हुननसक्दा पार्टीको ठूलो पंङ्ति निष्क्रिय भएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । पार्टी एकताका लागि तोकिएको तीन महिनाको समयावधि अव्यवहारिक थियो भन्ने आज आएर पुष्टि भएको पनि उनले लेखेका छन् ।

महासचिव पौडेलको संगठनात्मक प्रतिवेदनको पूर्णपाठ :

प्रकाशित : माघ १५, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?