कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सभामुख सापकोटालाई भारतीय कार्यबाहक राजदूतको बधाई 

काठमाडौँ — सभामुख अग्‍निप्रसाद सापकोटालाई नेपालका लागि भारतीय कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा शुभकामना दिएका छन् ।

सभामुख सापकोटालाई भारतीय कार्यबाहक राजदूतको बधाई 

बुधबार सभामुखको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्दै कुमारले बधाई तथा शुभकामना दिएका हुन् । सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।


भेटमा कार्यबाहक राजदूत कुमारले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक उपहार दिएका थिए ।


यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।

प्रकाशित : माघ १५, २०७६ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?