१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मोटरसाइकल र जिप ठोक्किदा श्रीमान श्रीमतीको मृत्यु

सन्तोष सिंह

धनुषा — धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार सडकखण्डमा बोलेरो र मोटरसाइकल ठोक्किदा श्रीमान र श्रीमतीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । 

मोटरसाइकल र जिप ठोक्किदा श्रीमान श्रीमतीको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका–६ गोदारका ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिला रहेको धनुषा प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनीहरुका छोरा ९ वर्षीय छोरा जोन सामान्य घाइते भएका छन् । घाइते जोनको उपचार भइरहेको छ ।

पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो ठोक्किएको कार्कीले बताए ।

ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १५, २०७६ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?