१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चारनारायण मन्दिरको जिर्णोद्वार

ललितपुर — पाटन दरबार क्षेत्रस्थित सोह्रौं शताब्दीमा निर्मित चार नारायण मन्दिरको जीर्णोद्वार सम्पन्न भएको छ । जीर्णोद्वार सम्पन्न भएपछि बुधबार पाटन दरबार क्षेत्रमा गरिएको कार्यक्रममा नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालले भ्रमण वर्ष मनाउँदै गर्दा पूर्णरुपमा जीर्णोद्वार भएको यो मन्दिरलाई नेपालप्रति अमेरिकी प्रतिबद्धताको अर्को प्रमाणका रुपमा हेरिनुपर्ने बताए ।

चारनारायण मन्दिरको जिर्णोद्वार

यो मन्दिर २०७२ को महाभूकम्पमा परी भत्किएको थियो।


अमेरिकी दूतावासले जीर्णोद्वारका लागि सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत १ लाख अमेरिकी डलर सहयोग गरेको थियो । काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) ले गरेको जीर्णोद्वारमा वर्ल्ड मोनुमेन्ट फन्ड (डब्लुएमएफ), जापानी दूतावास, जर्मन दूतावास र साउथ एसिया इन्स्टिच्युट-हाइडलवर्गले पनि सहयोग गरेका थिए । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदार गौतम लगायत उपस्थित थिए ।


एएफसीपीले पाटनमा दरबार, मूलचोक, सुन्दरीचोक र १७औँ शताब्दीका धारापानी संरचनाको जीर्णोद्वार लगायत अन्य परियोजनाहरूलाई सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ ।


प्रकाशित : माघ १५, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?