कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश २ की राज्यमन्त्री झाले दिइन् राजीनामा

काठमाडौँ — प्रदेश २ की राज्यमन्त्री डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन् । उनले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत,पदीय मर्यादाको प्रतिष्ठा जोगाउनका लागि भन्दै पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन् । 

प्रदेश २ की राज्यमन्त्री झाले दिइन् राजीनामा

राजपाको संसदीय दल मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई झाले बुझाएको राजीनामा पत्रमा राज्यमन्त्री पदको मर्यादा र प्रतिष्ठा जोगाउन लामो समयदेखिको आफ्‍नो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकोले राजीनामा दिएको उल्लेख गरेकी छन् ।

झाले राजपा संसदीय दलका नेता एवम् प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई राजीनामा बुझाएकी हुन् । राजपाबाट समानुपातिक सांसद झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिला झाकी श्रीमती हुन् ।

प्रकाशित : माघ १४, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?