३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपा सचिवालयले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा

काठमाडौँ — नेकपाको सचिवालय बैठकले भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएपछि बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गर्ने छन् ।

नेकपा सचिवालयले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा

त्यसपछि महासचिव विष्णु पौडैलले सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेस गर्ने, सातै प्रदेशका प्रदेश इन्चार्जले सांगठनिक रिपोर्ट पेस गर्ने र समसामयिक विषय बैठका एजेन्डा हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठक भोलि ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्दैछ । पार्टी एकीकरणपछि पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो । नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय छ ।

प्रकाशित : माघ १४, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?