३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सभामुख सापकोटाविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार (आदेशको पूर्णपाठसहित)

सापकोटा सभामुख निर्वाचित भइ पदभार ग्रहण गरिसकेकाले अन्तरिम आदेश आवश्यक देखिएन : सर्वोच्च
कृष्ण ज्ञवाली

काठमाडौँ — सभामुख निर्वाचित अग्नि सापकोटा सो पदका लागि अयोग्य भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

सभामुख सापकोटाविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार (आदेशको पूर्णपाठसहित)

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध युद्धकालमा हत्या आरोप लागेको भन्दै उनलाई सभामुख बनाउने सत्तारुढ नेकपाको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख पदमा निर्वाचित भइ सपथ लिएर पदभारसमेत ग्रहण गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नु पर्ने देखिएन भन्ने आदेश दिएको हो ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा दरखास्त दर्ता भइ अनुसन्धान चलिरहे पनि ‘साधिकार निकाय वा अदालतबाट अभियोग प्रमाणित भइसकेको नदेखिएको’ भन्दै अन्तरिम आदेशको औचीत्य नदेखेको हो । तर, सर्वोच्च अदालतले यसअघि सर्वोच्च अदालतको आदेश कार्यान्वयनको स्थिति र उनीविरुद्ध परेको उजुरी केकस्तो अवस्थामा रहेको छ भन्दै तीस दिनभित्र पेश गर्न गृह मन्त्रालय र जिल्ला प्रहरी काभ्रेका नाममा समेत आदेश जारी गरेको छ । अग्निविरुद्धकै यसअघिको मुद्दामा सर्वोच्च अदालतले रिट निवेदन अन्तिम टुंगो नलागेसम्म हरेक १५ दिनमा अनुसन्धानको प्रगति पेश गर्न प्रहरीलाई आदेश दिएको थियो । रिट निवेदन अहिले पनि संवैधानिक इजलासमा विचाराधीन छ ।







प्रकाशित : माघ १४, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?