२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आस्था प्रकरणमा प्रहरीले अधिकार दुरुपयोग गर्‍यो : सांसद वली

रासस

काठमाडौँ — नेकपा सांसद कोमल वलीले प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकी छन् । 

आस्था प्रकरणमा प्रहरीले अधिकार दुरुपयोग गर्‍यो : सांसद वली

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन् । 'फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ', सांसद वलीले भनिन्, 'गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।'

प्रकाशित : माघ १४, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?