२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रसुवागढीबाट केरुङ प्रवेश १५ दिन रोकियो 

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट केरुङ प्रवेशका लागि १५ दिनसम्म मानिस तथा सवारी आवतजावत रोक लगाइने भएको छ । बुधबारदेखि लागु हुनेगरी १५ दिनसम्मको लागि चिनियाँ पक्षले केरुङ प्रवेश गर्ने मानिस तथा सवारी आवतजावतमा रोक लगाउने जानकारी दिएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशरबहादुर राईले बताए ।

रसुवागढीबाट केरुङ प्रवेश १५ दिन रोकियो 

चिनियाँ पक्षले नै १५ दिनका लागि मानिस र सवारीसाधन आवतजावत गर्न रोक लगाइएको हो नाका नै बन्द गरिएको भने होइन । मंगलबार बिहान रसुवागढी नाकामा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीहरुबीचको बैठकमा बुधबारदेखि मानिस तथा सबारी आवतजावतमा रोक लागाउने विषयमा छलफल भएको थियो । कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटना हुनसक्ने र ल्होसार पर्वमा परेको सार्वजनिक बिदाको कारण देखाउँदै चिनियाँ पक्षले आवतजावतमा रोक लगाएको हो । नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिकलाई भने नाका पारीसम्म मात्र जान पाउने सुविधा रहेको छ ।

प्रकाशित : माघ १४, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?