कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संसद्को समय अब खेर जान दिनु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताए । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिए ।

संसद्को समय अब खेर जान दिनु हुँदैन : प्रधानमन्त्री ओली

उनले भने, 'म खुसी व्यक्त गर्न चाहन्छु र यस काममा सफलता मिलोस् भनेर मेरो दल, मेराे र नेपाल सरकारको तर्फबाट र सबै साथीहरूको तर्फबाट समेत शुभकामना भन्न चाहन्छु ।'

प्रधानमन्त्री ओलीले सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित हुनु खुसीको कुरा भएको बताउँदै यसले एउटा राम्रो लक्षण देखाएको बताए ।

संविधानको रक्षा र मर्मअनुसार संसदलाई मर्यादित ढंगले अगाडि बढाउनेमा सापकोटा सफल हुनेमा आफू आशावादी रहेको पनि प्रधानमन्त्री ओलीले बताए । संसद् सञ्‍चालनमा आफू र आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।

एमसीसीलगायत कैयौं विषय संसद्ले पारित गर्नुपर्ने अवस्था रहेको बताउँदै यसका बारेमा आफूले पछि विस्तारमा चर्चा गर्ने प्रधानमन्त्री ओलीले बताए । संसद्को केही समय खेर गएकाे बताउँदै प्रधानमन्त्री ओलीले अब यसलाई खेर जान दिन नहुने बताए ।

प्रकाशित : माघ १४, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?