वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, अवस्था तनावपूर्ण

चाँदनी कठायत

वीरेन्द्रनगर — टिपरको ठक्करबाट वीरेन्द्रनगरमा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान वीरेन्द्रनगरको मूलपानी चोकनजिकै टिपरले ठक्कर दिँदा कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, अवस्था तनावपूर्ण

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो । प्रत्यक्षदर्शीका अनुसार टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सिंहलाई करिब २० मिटर टाढासम्म घिसारेको थियो ।

प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

बजार क्षेत्र तनावपूर्ण

टिपरको ठक्करबाट कालिकोटका सिंहको मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले बजार बन्द गराउनुका साथै टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीको अवरोधका कारण सवारी साधनसमेत चल्न सकेका छैनन् । चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै मृतक सिंहका आफन्त र स्थानीयले कडा कारबाहीको माग गरेका छन् । उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् । अहिले अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : माघ १४, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?