कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजदेखि सभामुखको आसनमा सापकोटा, प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताले शुभकामना दिने

काठमाडौँ — नयाँ सभामुखमा अग्‍निप्रसाद सापकोटा निर्वाचित भएपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे आह्वान गरिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतले सम्बोधन गर्ने कार्यसूची तयार भएको छ ।

आजदेखि सभामुखको आसनमा सापकोटा, प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताले शुभकामना दिने

मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले सभामुख निर्वाचित भएपछिको पहिलो बैठकमा शुभकामना मन्तव्य दिने कार्यसूची तयार पारेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए ।

प्रतिनिधिसाभाको आजको बैठकले सभामुखलाई सहयोग गर्ने अध्यक्ष मण्डल घोषणा गर्नेछ । प्रत्येक अधिवेशनमा सभामुखलाई सहयोग गर्न निश्चित सांसदहरूमध्येबाट प्यान बनाउने संसदीय प्रचलन रहेको छ ।

सापकोटा आइतबार सभामुख निर्वाचित भएका हुन् । सोमबार शपथ र पदभार ग्रहण गरेका उनले आजदेखि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्न लागेका छन् ।

प्रकाशित : माघ १४, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?