कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुपन्देहीमा ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ जना घाइते 

बुटवल — ट्रक आपसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायका अनुसार मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका ४ का अन्दाजी ३५ वर्षीय लालु कुर्मी र भविकन कुर्मी छन् । अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छेन । 

रुपन्देहीमा ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ जना घाइते 

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन् ।


घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ ।

उपचारार्थ भीम अस्पतालमा रहेका घाइततेमध्ये ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन छन् । मेडिकल कलेजमा उपचार जारी रहेनेमा नवलपरासी पाल्हीनन्दन ४ का २७ वर्षीय विनोद धवल, ४० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मी छन् ।


बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : माघ १४, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?