कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रधानमन्त्रीले शुभारम्भ गरे सीमा नियमन प्रणाली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको शुभारम्भ गरेका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट सोमबार प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ को शुभारम्भ गरेका हुन् । 

प्रधानमन्त्रीले शुभारम्भ गरे सीमा नियमन प्रणाली

अध्यागमनको सूचनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले १ वर्ष लगाएर ‘नेपाली पोर्ट’ नामक प्रणालीको विकास गरेका हुन् । नेपाली पोर्टको विकासपछि नेपाली भिसाको दुरुपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने विश्वास अध्यागमन विभागले लिएको छ ।


नेपाल प्रवेश गर्ने र बाहिरीने सबै विदेशीहरुको बायोमेट्रिक इन्फरमेसन, इरिस, फिङ्गर प्रिन्ट र फोटोसमेत प्रणालीमा रहने छ । यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, बैदेशीक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षामन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोल सम्वद्ध सूचनाहरु हेर्न मिल्ने गरी व्यवस्था समेत मिलाइएको छ ।


भिसा आवेदन, विदेशी नागरिकको नेपाल बसाइको अनुगमन र भिसा दस्तुर तिर्न समेत सहज हुने विश्वास विभागको छ । विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरण सहितको फरेन्सिक डिटेक्सन ल्याबको समेत स्थापना गरिएको छ ।


अध्यागमन सुधार कार्यक्रम अन्तर्गत करिब २२ करोड खर्च हुने अनुमान गरिएकोमा अहिलेसम्म १६ करोड खर्च भएको छ ।

प्रकाशित : माघ १३, २०७६ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?