रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन् । ना १ ज ३५४२ नम्बरको टाटा सुमोबाट बरामद सुनसहित उनीहरुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ

रसुवागढी नजिकै रहेको घट्टेखोलाबाट काठमाडौं जाँदै गरेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रकाउ गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

पक्राउ पर्नेमा ५ जना सिन्धुपाल्चोक भोटेकोसीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ र साङा शेर्पा रहेको प्रहरी नायब उपरिक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

चालक तुलनारायण श्रेष्ठ भने दोलखा तामाकोसी गाउँपालिका ५ का हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : माघ १३, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?