१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस कार्यालयमा विद्यार्थीले देउवालाई रोक्न खोजेपछि झडप

कविन अधिकारी

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई पक्षबीच झडप भएको छ । सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा विधान अनुरुप नेविसंघको तदर्थ समिति बनाउन माग गर्दै अनशन बसेका विद्यार्थीहरुले रोक्न खोजेपछि झडप भएको हो ।

कांग्रेस कार्यालयमा विद्यार्थीले देउवालाई रोक्न खोजेपछि झडप

केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन कार्यालय पुगेका देउवामाथि गमला प्रहार भएपछि स‌ंस्थापन पक्षीय विद्यार्थी र अनशन बसेका विद्यार्थीबीच झडप भएको हो ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले देउवालाई आफूहरुका माग राख्न खोज्दा आक्रमण भएको बताए । आक्रमणबाट लक्ष्मी बोगटी, कमल पन्त घाइते भई अस्पतालमा भर्ना भएको काफ्लेले जानकारी दिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीहरु विधान अनुरुप तदर्थ समिति गठन गर्न माग गर्दै ४० दिनदेखि रिले अनशन बसेका थिए । सोमबारबाट निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनशन बसेका छन् ।

प्रकाशित : माघ १३, २०७६ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?