कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

राष्ट्रपति कार्यालय अगाडि धर्ना दिने १२ मानवअधिकारवादी प्रहरी नियन्त्रणमा

घनश्याम खड्का

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सभामुखमा निर्वाचिन अग्‍नि सापकोटालाई पद तथा गोपनीयताको शपथ खुवाउन नहुने भन्दै धर्ना दिने १२ मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

राष्ट्रपति कार्यालय अगाडि धर्ना दिने १२ मानवअधिकारवादी प्रहरी नियन्त्रणमा

राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिइरहेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा द्वन्द्वपीडित पूर्णीमाया लामा, एमनेष्टी इन्टरनेशनलका निराजन थपलिया, प्रसाई, द्वन्द्वपीडित साझा चौतारीका महासचिव जनक राउत छन् । पूर्णीमाया द्वन्द्वकालमा हत्या गरिएका अर्जुन लामाकी श्रीमती हुन । लामालाई सभामुख सापकोटाले हत्या गरेका आरोप लागेको छ । सोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । पूर्णिमायाको धर्ना दिने कार्यक्रममा साथ दिन अन्य मानवअधिकारीबादीहरु राष्ट्रपति कार्यालय अगाडि पुगेका थिए ।

अन्यमा महामुनिश्वर आचार्य, एलिना गौतम, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जेसेलिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन् ।

प्रकाशित : माघ १३, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?