सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख अग्‍नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।

सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखका निर्विरोध निर्वाचित भएका थिए । उनी सिन्धुपाल्चोक–२ बाट २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।


तस्बिरहरु : अंगद ढकाल

प्रकाशित : माघ १३, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना प्रकोप : चीनमा मृतकको संख्या ८० पुग्यो, २ हजार बढी संक्रमित

एजेन्सी

बेइजिङ — चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार २७४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ। न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ।

शनिबार चिनियाँ राष्ट्रपति सी चिङफिङले त्यहाँको सरकारी टेलिभिजन सीसीटीभीसँग कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताएका थिए। चिनियाँ नयाँ वर्षको छेकोमा आयोजित कम्युनिस्ट पार्टीको सभामा कोरोना रोकथामका लागि तत्कालै सरकारी पहलबारे प्रकाश पारेका थिए।

कोरोना प्रकोपका कारण चीनमा हुँदै गरेका पछिल्ला सार्वजनिक सभा, सभारोह र उत्सवहरु बन्द गरिएको छ भने सहर, बजार, रेल्वे स्टेसन र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै सुरक्षा बल खटाइएको छ।

कहाँ कति संक्रमित ?

चीन - ८० मृत्यु, २७४४ संक्रमित

अस्ट्रेलिया - ४ जना संक्रमित

फ्रान्स - ३ जना संक्रमित

हङकङ - ८ जना संक्रमित

जापान - ४ जना संक्रमित

मकाओ - ५ जना संक्रमित

मलेसिया - ४ जना संक्रमित

नेपाल - १ जना संक्रमित

सिंगापुर - ४ जना संक्रमित

दक्षिण कोरिया - ३ जना संक्रमित

ताइवान - ४ जना संक्रमित

थाइल्यान्ड - ८ जना संक्रमित

अमेरिका - ५ जना संक्रमित

भियतनाम - २ जना संक्रमित

प्रकाशित : माघ १३, २०७६ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×