हजारको नोटमा आउँदैछन् दुइटा हात्ती !- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजारको नोटमा आउँदैछन् दुइटा हात्ती !

रीना मोक्तान

काठमाडौँ — अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो । 

'अहिले हजारको नोटमा एउटा हात्तीको तस्बिर देखिन्छ । अब त्यहि ठाउँमा नेपाली हात्तीको तस्बिर राखिने निर्णय भएको हो,' नोट डिजाइनर सुन्दर श्रेष्ठले हजारको नोट देखाउँदै भने ।


जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।


'जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट अब ३ देखि ४ महिनाभित्रमा छापिएर आउँछ,' प्रवक्ता भट्टले भने, 'नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन भएको हो । नोट छपाईमा पनि गइसकेको छ ।'


प्रचलनमा रहेको हजारको नोटमा समावेश हात्ती कुन मुलुको भनेर अझै यकिन भइसकेको छैन ।

कतिले उक्त हात्ती अफ्रिकी मुलको जस्तो देखिने आंकलन गरेका छन् ।


६/७ वर्षदेखि नोटमा जनावरहरु फेरिएका छन् । पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ । सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको फोटो छ।


अब हजारको नोटमा पनि जुम्ल्याह हात्ती देखिने भएको हो ।


प्रकाशित : माघ १३, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

नितेशजंग कुँवर फिल्म खेल्दै, अदितीसँग रोमान्स गर्ने !

रीना मोक्तान

काठमाडौँ — पछिल्लो समयका लोकप्रिय गायक हुन्, नितेशजंग कुँवर । उनका फ्यानका लागि खुशीको खबर छ– उनले फिल्म खेल्ने भएका छन् । निर्देशक सुरेन्द्र पौडेलको नयाँ प्रोजेक्टमा उनको  मूख्य भूमिका रहने पक्का भएको हो ।

नितेशलेयसअघि पनि फिल्म खेल्ने इच्छा व्यक्त गर्दै आएका थिए । उनले रामबाबु गुरुङसँगसहकार्य गर्ने चर्चा भएको थियो तर त्यसको चाँजोपाँजो मिलेन । यहीबीच पौडेलकोप्रस्तावलाई नितेशले स्वीकारेका हुन् । उनीसँग अनस्क्रिन रोमान्स गर्ने हिरोइन पनिफाइनल भइसकेको फिल्म टीमका एक सदस्यले जानकारी दिए । उनी हुन्- अदिती बुढाथोकी ।

सुरेन्द्रलेयसअघि अदितीलाई नै लिएर कृबनाएका थिए तर फिल्मको व्यापार र प्रतिक्रिया उत्साहजनक रहेन । त्यसपछिअदिती मुम्बई नै फर्किएकी थिइन् । यो फिल्मका लागि छिट्टै नेपाल आउने तयारीमा छिन्।

मूख्यकलाकार तय भए पनि फिल्म युनिटले गुपचुप राख्न चाहेको छ । मेरो नयाँ फिल्मका लागि नितेश रअदितीलाई अफर गरिएको हो तर फाइनल नै भएको होइन,’ सुरेन्द्रले भने । यो फिल्म सिक्किममाछाँयाकन हुनेछ । फिल्म युनिटले लोकेसन हेरिसकेको छ । सम्पादकबाट निर्देशक बनेकासुरेन्द्रको पहिलो फिल्म आभाषपनि फ्लप भएको थियो ।

प्रकाशित : माघ १२, २०७६ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×