उपसभामुखका लागि कांग्रेसले कमण्डलु बोकेर हिँड्दैन : रिजाल 

काठमाडौँ — कांग्रेस सांसद मीनेन्द्र रिजालले उपसभामुख पदका लागि कांग्रेस कमण्डलु लिएर माग्न नजाने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले कांग्रेसले नेकपासँग उपसभामुख पदमा बार्गेनिङ गरेर उम्मेदवारी नदिने प्रष्टाएका हुन् ।

उपसभामुखका लागि कांग्रेसले कमण्डलु बोकेर हिँड्दैन : रिजाल 

उनले आफ्नो पार्टीसँग उपसभामुख जित्नका लागि आवस्यक मत नभएकाले नेकपासँग कमण्डलु बोकेर उपसभामुख दिनु भनेर माग्दै पनि नजाने स्पष्ट पारे ।


सभामुख चयनमा कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर उम्मेदवारी दिएन भन्ने कुरा गलत भएको रिजालले बताए ।

उनले भने, 'संविधानमा सभामुख र उपसभामुख अलग-अलग पार्टीको हुनुपर्छ । कमण्डलु लिएर उपसभामुख माग्न जाँदैन र कांग्रेससँग मत छैन र जाँदैन पनि । '

प्रकाशित : माघ १२, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?