कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौँ — नेकपाका सांसद अग‍्‍नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

नेकपाका उपनेता सुवास नेम्बाङले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर सोमबार प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए । नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए ।


सापकोटालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ गराउनेछिन् ।


निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए। गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो ।




प्रकाशित : माघ १२, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?