कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सरकारी एम्बुलेन्समा साढे ३० किलो गाँजा 

मकवानपुर — मकवानपुरमा सरकारी एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा तस्करी गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको बा.२ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले शनिबार राति तीन जनालाई नियन्त्रणमा लिएको हो । 

सरकारी एम्बुलेन्समा साढे ३० किलो गाँजा 

प्रहरीले एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरिया–४ का १९ वर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । विशेष सूचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीनवटा झोलामा ६ पोका बनाइ राखिएको ३० किलो ६ सय ग्राम गाँजा बरामद भएको एसपी राठौरले बताए ।

प्रहरीले एम्बुलेन्सबाट नेपाली ९१ हजार र भारतीय २ हजार २ सय रुपैयाँसमेत बरामद गरेको छ । चालक महमद खलिद करारका चालक रहेको खुलेको प्रहरीले बताएको छ ।

मकवानपुर प्रहरीले शनिबारै १० किलो ५ सय ६० ग्राम गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको थियो । राक्सिराङ गाउँपालिका–९ का ३५ वर्षीय ज्ञानबहादुर प्रजा र ४२ वर्षीय कान्छाराम मुक्तानलाई हेटौंडा–१० स्थित बसपार्कमा ना.७ ख ६९० नम्बरको यात्रुबाहक बसमा सवार गरिरहेको अवस्थामा पक्राउ गरिएको राठौरले जानकारी दिए ।


राठौरले भारतको रक्सौलबाट लागूऔषध नाइट्रोभेट खरिद गरेर हेटौंडातर्फ आउँदै गरेका हेटौंडा–१५ का २२ वर्षीय विजय डिमडुङ र २६ वर्षीय सोम थोकरलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरुलाई हेटौंडा–९, पशुपतिनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाही अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?