आज प्रतिनिधि सभाले नयाँ सभामुख पाउने

काठमाडौँ — संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार ३ बजे संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाका सभामुखको पदका लागि निर्वाचन हुनेछ। सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्‍नि सापकोटाको मात्रै उम्मेदवारी परेकोले उनी सभामुख निर्वाचित हुने पक्कापक्की छ।

आज प्रतिनिधि सभाले नयाँ सभामुख पाउने

कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए । गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो ।

प्रकाशित : माघ १२, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?