प्रदेश राजधानी बुटवल नै हुनुपर्छ : बालकृष्ण खाण

तिलोत्तमा — कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश ५ को स्थायी राजधानी बुटवल नै हुने बताएका छन् । राजधानी बुटवलबाट अन्यत्र सार्ने विषय नसोच्न मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीलाई खाणले आग्रह गरे । 

प्रदेश राजधानी बुटवल नै हुनुपर्छ : बालकृष्ण खाण

रुपन्देहीको मणिग्राममा दोस्रो औद्योगिक व्यापार मेलाको उदघाटन गर्दै खाणले लहडका भरमा बुटवल अस्थायी राजधानी नतोकिएको बताए । बुटवलबाट सार्न खोजे असहज परिणाम आउने उनले बताए ।

खाणले अन्तर्राष्ट्रिय पहिचान र तागत बोकेको लुम्बिनी, सुरक्षा व्यवस्था, विमानस्थल, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायातको सुगमतालगायत पर्याप्त पुर्वाधारका आधारमा प्रदेश राजधानी बुटवलको विकल्प सोच्न नसकिने तर्क खाणको छ ।

सरकारले मिडिया काउन्सील, सूचना प्रविधि, सम्पत्तिको हक, गोपनियताको हक, मानवअधिकार लगायत जनताका अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक कुण्ठित गर्ने खालका विधेयक ल्याएर निरंकुश बन्न आरोप उनले लगाए ।

सरकारले संविधानको प्रतिकूलतामा काम गर्न खोजेर संविधान उल्लंघनको प्रयास गरेको भन्दै खाणले संविधान विपरीत नजान सुझाव दिए ।

प्रकाशित : माघ १०, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?