तल्ला निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने गरी सहमति भयो : निधि

सैद्धान्तिक सहमति भएको छ, हामी सोमबारको बैठकमा सहभागी हुन्छौं : मीनेन्द्र रिजाल
मधुसुधन भट्टराई

काठमाडौँ — महाधिवेशनको मिति यथावत राखी तल्ला निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गर्नेगरी कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ ।

ZenTravel

देउवा निवास बुढानिलकण्ठमा लञ्चसहित ६ घण्टा बसेको शीर्ष नेताहरुको बैठकले विवाद टुंग्याएको हो।उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशन तोकिएको मितिमा गर्नेगरी मातहतका अधिवेशनको मिति परिवर्तन गरेर सहमति भएको जानकारी दिए।

Meroghar

यस्तै क्रियाशील सदस्यता छानवीन गर्न समिति बनाउन पनि सभापति शेरबहादुर देउवा तयार भएपछि विवाद टुंगिएको हो । शुक्रबारको बुढानिलकण्ठ बैठकमा असन्तुष्ट अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागी थिए ।

‘पुस ११ गतेको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र मातहतका अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने गरी सहमति बन्यो,’ निधिले इकान्तिपुरसित भने, ‘परिवर्तित अधिवेशनका कार्यतालिका आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेश हुनेछ ।’ केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते सोमबार बस्ने तय भएको पनि उनले बताए ।

पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित तय गर्ने, महाधिवेशन प्रयोजनार्थ पार्टीका क्रियाशील सदस्यता सम्बन्धी विधानका व्यवस्था निलम्बन गर्ने, विभागको संख्या बढाउने र तरुण दलको म्याद थप्ने निर्णय गरेपछि पौडेल समूह असन्तुष्ट बनेको थियो।

त्यही असन्तुष्टिलाई सहमतिबाट टुंग्याएर महाधिवेशनको वातावरण बनाउन शीर्ष नेताबीच छलफल भएको थियो।

केन्द्रीय सदस्य मिनेन्द्र रिजालले विवाद समाधान गर्ने सैद्धान्तिक सहमति बनेको बताए। ‘पार्टीभित्रको आन्तरिक विवाद हल सकारात्मक तरिकाले गर्ने सैद्धान्तिक सहमतिमा हामी पुगेका छौ,’ रिजालले भने, ‘ठोस सहमतिको खाका आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेस हुन्छ।’

बैठकले क्रियाशील सदस्यता छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ।त्यस्तै भातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गर्ने गर्ने सहमति पनि बैठकमा भएको छ। ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको दिनसम्म ३२ बर्ष उमेर ननाघेकाले १२ औं महाधिवेशनमा उम्मेदवार बन्न पाउने, महाधिवेशन आयोजक समितिमा बसेकाहरु महाधिवेशनमा उम्मेदवार बन्न नपाउने गरी सहमति निकालिएको निधिले जानकारी दिए। अहिलेको महाधिवेशन आयोजक समिति भने ३२ बर्ष माथिबाट नै बनाउने सहमति नेताहरुबीच छ। ‘नेविसंघको महाधिवेशन आयोजक समिति गठन गर्ने सहमति बनेको छ,’ निधिले भने, ‘आइतबारसम्म सहमतिमै महाधिवेशन आयोजक समिति बन्छ।’

बैठकमा देउवा, पौडेल, निधि र सिटौलाका साथै महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का तथा नेताहरु प्रकाशमान सिंह, मीनेन्द्र रिजाललगायतको सहभागिता थियो।

बहुमतले महाधिवेशनको कार्यतालिकासहितको मिति तोकेको भन्दै पौडेल समूहले गत २६ मंसिरदेखि केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएको थियो।सोमबारको बैठकमा सहभागि हुने रिजालले बताए।

प्रकाशित : माघ १०, २०७६ १७:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दोस्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — बाह्रखरी बुक्सले दोस्रो कथा प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार रुपैयाासहित प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका लागि प्राप्त कथा छनोट दुई चरणमा गरिने शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताइयो । बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले प्राप्त कथामध्ये उत्कृष्ट ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ । ती कथामध्येबाट निर्णायक मण्डलले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ कथा छनोट गर्नेछन् । २५ कथाबाटै पहिलो, दोस्रो र तेस्रो छानिनेछ ।

कथा प्रतियोगिता घोषणा कार्यक्रममा बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न गरिएको कथा प्रतियोगितामा भाग लिन देश भित्र र बाहिर रहेका सबै नेपाली कथा लेखकलाई आग्रह गरे।

बाह्रखरी बुक्सले लेखक तथा पत्रकार नारायण वाग्लेको संयोजकत्वमा आख्यानकार अमर न्यौपाने र बिना थिङ तामाङ सम्मिलित कथा प्रतियोगिता निर्णायक मण्डल गठन गरेको छ। सोही निर्णायक मण्डलबाट उत्कृष्ट कथा चयन हुनेछ। प्रतियोगिताका लागि १५ सयदेखि बढीमा ४ हजार शब्दभित्र नेपाली भाषामा लेखिएको कथा हुनुपर्नेछ। प्रतियोगिले फागुन १० गते भित्र बाह्रखरीलाई कथा पठाइसक्नुपर्ने छ।

प्रकाशित : माघ १०, २०७६ १७:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×