२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

दुवै आयोगका पदाधिकारीले काम थाले

काठमाडौँ — सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीले बिहीबार पदभार सम्हालेका छन् ।

मन्त्रिपरिषद्ले दुवै आयोगका पदाधिकारीको नियुक्तिको निर्णय सार्वजनिक गरेलगत्तै सर्वोच्च अदालतमा उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो । सुरुमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेशदत्त भट्ट र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई शपथ खुवाएका थिए । त्यसपछि अध्यक्षद्वयले आ–आफ्ना पदाधिकारीलाई शपथ खुवाएलगत्तै सबैले आ–आफ्नो कार्यकक्षमा गएर पदभार सम्हालेका थिए । उनीहरूलाई चार दिनअघि सिफारिस समितिले संक्रमणकालीन न्यायिक आयोगहरूमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।


सत्य निरूपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्तामा सुनीलरञ्जन सिंह, सरिता थापामगर, विष्णु भण्डारी र गंगाधर अधिकारी नियुक्त भएका छन् ।

प्रकाशित : माघ ९, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?