कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चन्द समूहका जिल्ला नेताले गरे काठमाडौं प्रशासनसमक्ष आत्मसमर्पण

काठमाडौँ — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका एकजना कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आत्मसमर्पण गरेका छन् ।

चन्द समूहमा संखुवासभा जिल्ला तहका नेता धनबहादुर विश्वकर्माले बिहीबार काठमाडौं प्रशासन समक्ष आत्मसमर्पण गरी स्वतन्त्र नागरिकका रुपमा रहने गरी निवेदन दिएका हुन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले विश्वकर्माले चन्द समूह परित्यागको निवेदन दिएको पुष्टि गरे ।


आचार्यले कान्तिपुरसँग भने, ‘उहाँले स्वतन्त्र नागरिकको हैसियतमा रहने गरी चन्द समूह परित्यागको घोषणासहित निवेदन दिनुभएको छ ।’ संखुवासभा मादीका विश्वकर्मा चन्द समूहमा रहेर संखुवासभासहित पूर्वका विभिन्न जिल्लामा सक्रिय थिए ।


विक प्रहरीको खोजी सूचिमा पनि थिए । सरकारले चन्द समूह परित्याग गरेर शान्तिपूर्ण जीवनयापन गर्नेलाई कारबाही नगरिने जनाइसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले शान्तिपूर्ण जीवनयापनका लागि विकले निवेदन दिएकोमा प्रशासनले स्वागत पनि गरेको बताए ।

प्रकाशित : माघ ९, २०७६ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?