मन्त्रिपरिषद्का ३२ निर्णयः घरजग्गा बिक्रीदेखि रेल विभागमा विदेशी कर्मचारी नियुक्तसम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठका ३२ निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

ZenTravel

मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ। यस्तै, जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालीनागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ।

गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसारव्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने निर्णय समेत गरेको प्रवक्ता बाँस्कोटाले बताए। बैठकले सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ।

Meroghar

यी हुन् मन्त्रिपरिषद्का निर्णयः


प्रकाशित : माघ ९, २०७६ १६:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बिजुली बस किन्न साझालाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

कान्तिपुर संवाददाता

काठमाडौँ — बिजुली बस किन्नका लागि सरकारले साझा यातायात सहकारीलाई दिइएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।

२०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो।

यस्तै, सरकारले नयाँ बिजुली बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ३ अर्ब उपलब्ध गराउने निर्णय गरेको छ।
सम्बन्धित समाचार :

प्रकाशित : माघ ९, २०७६ १५:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×