कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिजुली बस किन्न साझालाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

काठमाडौँ — बिजुली बस किन्नका लागि सरकारले साझा यातायात सहकारीलाई दिइएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।

बिजुली बस किन्न साझालाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

२०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो ।


यस्तै, सरकारले नयाँ बिजुली बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ३ अर्ब उपलब्ध गराउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ ९, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?