समाचार

अमेरिका गएकी उपप्रमुख फर्किइनन्

अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली फर्किएकी छैनन् । तत्कालीन माओवादी केन्द्रबाट चुनाव जितेकी उनले अमेरिका पुगेपछि पार्टीसँग पनि सम्पर्क नगरेको नेकपाले जनाएको छ ।

प्याजमा घूस लिने सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याजमा घूस लिएको अभियोगमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका निरीक्षक अमृत थापासहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा १६ नेकपा र २ राजपा

राष्ट्रिय सभाको १८ सिटका लागि भएको चुनावमा सत्तारूढ नेकपाले १६ सिट हात पारेको छ । नेकपाकै समर्थनमा राष्ट्रिय जनता पार्टीले दुई सिट जितेको छ ।

एमसीसीले मुलुक धुजाधुजा बनाउँछ : बिजुक्छे

नेमकिपाका अध्यक्ष नारायणमाज बिजुक्छेले विकास र सहयोगसम्बन्धी अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले मुलुकलाई धुजाधुजा बनाउने दाबी गरेका छन् ।

मदरसाका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारकाे आरोप

विराटनगर ८ स्थित धार्मिक विद्यालयमा अध्ययनरत दुई छात्रालाई प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका मौलवी अर्थात् प्रधानाध्यापक अमिरुद्दिन मियाँले आफ्नै कार्यकक्षमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । मियाँ फरार भएका छन् ।

राष्ट्रियसभामा कर्णालीबाट नेकपाका दुवै उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशबाट नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् । नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बीसी विजयी भएका हुन् ।

प्रदेश १ को राष्ट्रियसभामा नेकपाका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्यको प्रदेश १ मा महिला, दलित र अन्य गरी तीन सदस्यका लागि भएको निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

प्रदेश २ को राष्ट्रिसभामा नेकपा-राजपा गठबन्धन विजयी

राष्ट्रियसभाका रिक्त ४ पदका लागी प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा नेकपा-राजपा गठबन्धन विजयी भएको छ ।

निरन्तरको हिमपहिरोले अन्नपूर्णमा हराइरहेकाको खोजी कार्य स्थगित

एक सातादेखि अन्नपूर्ण क्षेत्रको देउराली आसपासबाट हराइरहेका चारजना कोरियाली पर्यटक र तीन नेपालीसहितको खोजी कार्य निरन्तरको हिमपात र हिमपहिरोका कारण रोकिएको छ । 

प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी 

प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । बिहीबार बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

सापकोटा विरुद्ध माइतीघरमा प्रदर्शन

अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । सिन्धुपाल्चोकका अर्जुन लामाको हत्या अभियोगमा सापकाेटा मुछिएका भन्दै उनी विरुद्ध लामाकी पत्नी पूर्णमाया र मानव अधिकारकर्मीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

२०१९ मा झन्डै १२ लाख पर्यटक नेपाल आए

अध्यागमन विभागले सन् २०१९ मा झन्डै १२ लाख पर्यटक नेपाल आएको बताएको छ । विभागका अनुसार यस वर्ष ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल घुम्न आए ।

विकास र सुशासनमा सशस्त्र जुटेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो राष्ट्र विकास र सुशासन कायम गर्न जुटेको बताएका छन् ।सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासन कायम गर्न सिंगो राष्ट्र जुटेको बताएका हुन् ।

बाल यौन दुराचार : क्यानेडियन डलग्लिसको कसुर सदर 

बाल यौन दुराचारको मुद्दामा थुनामा परेका क्यानेडियन नागरिक पिटर डलग्लिसको सजाय उच्च अदालत पाटनले एक वर्ष घटाएको छ । यसअघि जिल्ला अदालत काभ्रेले गरेको नौ बर्षको कैद सजायको फैसलालाई एक बर्ष घटाएर उच्चले आठ बर्ष कायम गरेको छ । 

चन्द समूहका जिल्ला नेताले गरे काठमाडौं प्रशासनसमक्ष आत्मसमर्पण

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका एकजना कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आत्मसमर्पण गरेका छन् ।

बलात्कार आरोपी ‘सिद्धबाबा’ भारततर्फ फरार

अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी आश्रम छाडेर बिहीबार भारतर्फ फरार भएका छन् ।

राष्ट्रियसभामा गण्डकीबाट श्रेष्ठ र न्यौपाने निर्वाचित

गण्डकी प्रदेशबाट राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवारहरु विजयी भएका छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रदेशसभा सांसद दिपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् । उनलाई पोखराको लेकसाइडबाट कास्की प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरले बताए । 

२०१९ सालमा मारिएका गुरागाईंलाई सहिद घाेषणा

सरकारले नेत्रप्रसाद गुरागाईंलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले तेह्रथुमका नेत्रप्रसाद गुरागाईंलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । 

मन्त्रिपरिषद्का ३२ निर्णयः घरजग्गा बिक्रीदेखि रेल विभागमा विदेशी कर्मचारी नियुक्तसम्म

सरकारले माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठका ३२ निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बिजुली बस किन्न साझालाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

बिजुली बस किन्नका लागि सरकारले साझा यातायात सहकारीलाई दिइएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।

देउवाको विकल्प निधि !

कांग्रेसमा केन्द्रीय कार्यसमितिले गत महिना बहुमतका आधारमा गरेको निर्णयलाई लिएर चुलिएको विवाद अझै मत्थर भएको छैन । संस्थापनइतर पक्षका पदाधिकारी तथा सदस्यहरूको अनुपस्थितिमा गरिएका निर्णयमध्ये विधानका दफा निलम्बन विवाद र ध्रुवीकरणको मुख्य केन्द्रमा छ ।

नेपालमा भ्रष्टाचार घट्यो : ट्रान्सपरेन्सी इन्टरनेसनल

एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गत वर्ष ३१ अंक पाएको नेपाल अहिले ३४ अंक पाएको छ ।

स्याउलाको टेको, बारीको बास

महिनावारी भएकी उनी घरभित्र होइन, नजिकै बारीमा बसिन् । स्याउलाको टेको लगाएर चिसो भुइँमा रात काट्न छाउगोठभन्दा कष्टकर भयो । ‘छाउगोठ भत्किएपछि घरभित्र सुत्न पाउँछु भन्ने लागेको थियो तर सकिएन,’ पञ्चपुरी–६, बाबियाचौरकी किमसरा विकले भनिन्, ‘चिसो लाग्यो । शीतलहरले सतायो ।’