सी चिनफिङको किताब सार्वजनिक गर्दै नेकपा नेताले भने, ‘एमसीसीको डीपीआर चाहियो’

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अमेरिकी दूतावासले १० बुँदे स्पष्टीकरण सार्वजनिक गरेपनि सत्तारुढ दल नेकपाका स्थायी समितिका नेताहरुले झन् शंकास्पद दृष्टिले हेरेका छन् ।

ZenTravel

पार्टीको बैठकमै चर्को कुरा उठाउने नेताहरुले बुधबार चीनका राष्ट्रपति सी चिनफिङको भाषण संग्रह सार्वजनिक गर्न राजधानीमा आयोजित पुष्पलाल मित्राता केन्द्रद्वारा आयोजित कार्यक्रमबाट अब एमसीसी अन्तर्गत सञ्चालित हुने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

Meroghar

स्थायी समिति सदस्य लिलामणी पोखरेल, मुकुन्द न्यौपाने, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले दूतावासको स्पष्टीकरणको भरमा मात्र एमसीसीलाई संसदबाट अनुमोदनको प्रक्रियामा लैजान नसकिने टिप्पणी गरे। चीनतर्फबाट आउने रेललाई रोक्न अमेरिकाले ट्रान्समिसन लाइन बनाउने रुट नुवाकोटबाट हेटौंडा, तनहुँ, पाल्पा हुँदै बुटवलको रुट रोजेको उनीहरुको आरोप छ।

‘हामीले चीनबाट रेल ल्याउने कुरा गरेका छौँ। त्यही रेलको बाटोमा पार्ने गरी ट्रान्समिसन लाइन बनाउने गरी परियोजना तय गरिएको छ,’ पुष्पलाल मित्रता केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य पोखरेलले भने। उनले एमसीसीको विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक नगरेकोमा आपत्ति जनाए। ‘प्रसारण लाइन काठमाडौंको लप्सीफेदी हुँदै नुवाकोट रातमाटे पुर्‍याउने र त्यसपछि हेटौंडा हुँदै तनहुँबाट बुटवल पुर्‍याउनुको उद्देश्य के हो? यसबैबाट छर्लङ हुन्छ,’उनले भने,‘आयोजनाको डीपीआर चाहिन्छ।'

पोखरेलले एमसीसीको उद्देश्यबारे सञ्चारमाध्यम डराएको आरोप पनि लगाए। कार्यक्रममा नेकपा प्रमुख सचेतक देव गुरुङले संसारभर साम्राज्यवादी गतिविधि बढि रहेकाले त्यसकै बाछिटाहरु आइपुगेको बताए। अर्का स्थायी समिति सदस्य न्यौपानेले समाजवादी बाटोमा जाने दिशामा सरकारका काम अघि नबढेको भन्दै अहिले आइरहेको विदेशी सहयोग सम्झौतामा प्रश्न उठाए।

केन्द्रीय सदस्य खतिवडाले एमसीसी परियोजनामा संलग्न रहने अमेरिकी नागरिकलाई फौजदारी अपराधमा संलग्न भएपनि नेपालमा मुद्दा चलाउन नपाउने सम्झौताको सर्त आपत्तिजनक भएको बताए। सम्झौताकै सर्तहरुका कारण पछि नेपालमा आयोजना सुरक्षाका हाम्रो आफ्नै सुरक्षाकर्मीमात्र राख्न नपाउने अवस्था पनि आउनेतर्फ उनले सचेत हुनुपर्ने बताए।

नेकपाका नेता कार्यकर्ताहरु उपस्थित रहेको कार्यक्रममा एमसीसीमाथि नेताहरुले कडा कुरा गरे। तर कार्यक्रममा उनीहरुले चीन भने समाजवादको पवित्र उद्देश्यले संसारको मानव कल्याणका लागि अघि बढि रहेका भन्दै प्रसंशा गरे। उनीहरुले चीनले सञ्चालन गरेको बीआरआई सही खालको नीति भएको बताए। त्यस अवसरमा पुष्पलाल मित्रता केन्द्रले चीनका राष्ट्रपति सी चिनफिङको भाषणहरुको संग्रह भाग एक र भाग दुई सार्वजनिक गरेको थियो।

प्रकाशित : माघ ८, २०७६ २०:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आमाछोरी हत्या गर्नेलाई आजीवन कारावास

कान्तिपुर संवाददाता

उदयपुर — त्रियुगा–९ चौकीबारीमा साढे तीन वर्षअघि आमाछोरीको हत्याका आरोपितलाई जिल्ला अदालत उदयपुरले आजीवन कारावासको फैसला सुनाएको छ । अदालतले पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसलासमेत गरेको छ ।

हत्या आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका ४० वर्षीय रामहरि साहलाई आजीवन कारावासको सजाय सुनाइएको हो।
उनको साथमा फेला परेको सुनको रिङ र मंगलसूत्र पीडितको भएको कसुरदारले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेशसमेत दिएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए।

साहले ०७६ असोज २४ गते साँझ २८ वर्षीया गोमा भनिने शारदा चौधरी र उनकी ६ वर्षीया छोरी रचना चौधरीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो। घरमा आमा र छोरी मात्रै बसेको थाहा पाएका साहले हत्या गर्ने योजना बनाएका थिए। उनी एक्लैले आमाछोरीको हत्या गरी फरार भएका थिए। उनलाई प्रहरीले असोज २५ मा मोतिगडाबाट पक्राउ गरेको थियो।

साहले प्रहरीसँगको बयानमा विगत लामो समयदेखि शारदासँग प्रेम सम्बन्ध रहेको र विवाह अस्वीकार गरेपछि हत्या गरेको स्विकारेका छन्। मृतकसँगको सम्बन्धपछि जेठी पत्नीलाई सिरहा घरमा छोडेर विवाह गर्ने योजनाका साथ मोतिगडामा बस्दै आएका साहले प्रेम सम्बन्ध विवाहमा परिणत नभएपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका थिए।

आमाको हत्या गरेको छोरीले देखेपछि छोरीलाई पनि हत्या गरेको बयानमा उल्लेख छ। सिरहाको लहान नगरपालिका ८ स्थायी घर भई उदयपुरको त्रियुगा–३ मोतिगडामा साहले व्यापार गर्दै आएका थिए। जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले मंगलबार साहविरुद्ध फैसला सुनाएको हो।

प्रकाशित : माघ ८, २०७६ २०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×