पार्टीको विवाद मिलाउन देउवा-पौडेलबीच छलफल

काठमाडौँ — पार्टीभित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र देउवासँग छलफल गरेका छन् ।

पार्टीको विवाद मिलाउन देउवा-पौडेलबीच छलफल

सभापति देउवा र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूबीच पार्टीभित्रदेखिएको विवाद समाधान गर्ने विषयमा बुधबार छलफल भएको हो ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएकोछलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यको बारेमा छलफल भएको पौडेलले बता । शुक्रबार बिहानै पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उको भनाइ छ

पौडेलसँगै पार्टी नेताहरू प्रकाशमानसिंह र कृष्णप्रसाद सिटौला बुढानिलकण्ठ पुगेका थिए । छलफलमा उपसभापतिविमलेन्द्र निधी पनि सहभागी थिए । यसअघि पुस २७ गते बुढानीलकण्ठमै सभापतिदेउवा, पौडेल र सिटौलाबीच छलफल भएको थियो ।

पौडेल पक्षले महाधिवेशन कार्यतालिकासच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृसंगठनहरूको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

प्रकाशित : माघ ८, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?