१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेकपा रसुवाका ५० कार्यकर्ताद्वारा पार्टी परित्याग

रसुवा — नेकपा रसुवाका ५० जनाले पार्टी परित्या गरेका छन् । खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको भन्दै नेकपा कार्यकर्ताले बुधबार पार्टी परित्याग गरेका हुन् ।

नेकपामा आबद्ध जिल्ला खेलकुद विकास समिति रसुवाका पूर्वअध्यक्ष तेम्पासिंगी तामाङ सहित ५० जनाले पार्टी परित्याग गरेका हुन् ।

खेलकुद विकास समितिमा सहमति बेगर नयाँ अध्यक्ष नियुक्त गरेको भन्दै तामाङ सहित ५० जनाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

तामाङलाई नै अध्यक्ष पदमा पुनर्बाहली गर्ने सहमति भएकोमा अन्तिममा आएर धोका दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । तामाङले २०७२ सालदेखि हालसम्म जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा रहेर काम गरेका थिए ।

दावा तामाङ जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा चयन भएका छन् । पूर्वअध्यक्ष तामाङ पार्टी कार्यसमिति सदस्य, २०६५ सालमा युवा संघ रसुवजाको अध्यक्ष, २०६७ सालमा युवा संघ नेपालको केन्द्रिय सदस्य तथा युवा संघ नेपालको पश्चिम वागमती सचिव भएका थिए । मागको सुनुवाइ नभए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित : माघ ८, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?