१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लुम्बिनी विकास कोष : वरिष्ठ अधिकृतलाई सदस्य–सचिवको जिम्मेवारी

लुम्बिनी — लुम्बिनी विकास कोषका वरिष्ठतम अधिकृतलाई सदस्य–सचिवको जिम्मेवारी पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोष कर्मचारी विनियमावली, २०५८ संशोधन गरेर सदस्य–सचिव रिक्त भएको अवस्थामा वरिष्ठतम अधिकृतलाई कामु सदस्य–सचिवको जिम्मेवारी दिने प्रावधान थपेको हो ।

लुम्बिनी विकास कोष : वरिष्ठ अधिकृतलाई सदस्य–सचिवको जिम्मेवारी

यो प्रावधानसँगै कोषका वरिष्ठतम कर्मचारी ज्ञानिन राईले जिम्मेवारी पाउने निश्चित भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंसिर १५ गते बसेको कोषको बोर्ड बैठकले उक्त प्रस्ताव मन्त्रालय पठाएको थियो ।


मन्त्रालयले पुस २७ गते विनियमावली संशोधन गरेर पठाएको हो । तर, विनियमावली संशोधन भएको एक साताभन्दा बढी भइसक्दा पनि राईलाई जिम्मेवारी भने दिइएको छैन । कोषमा २०७४ मंसिर १९ देखि सदस्य–सचिव पद रिक्त छ । पद रिक्त भएपछि कोषकै योजना प्रमुख सरोज भट्टराईलाई निमित्त सदस्य–सचिवको जिम्मेवारी दिइएको थियो । राई लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालयका प्रमुख तथा वरिष्ठ प्रशासकीय अधिकृत हुन् । ०७४ मंसिरमा तत्कालीन सदस्य–सचिव अजितमान तामाङको पाँचवर्षे पदावधि सकिएको थियो । यसपछि मन्त्रालयले गत पुस १८ गते सार्वजनिक निकायका पदाधिकारी र सदस्य–सचिव नियुक्ति र मनोनय मापदण्डको अधिकार प्रयोग गरेर खुला प्रतिस्पर्धाबाट सदस्य–सचिव चयन प्रक्रिया सुरु गरेको थियो ।

प्रकाशित : माघ ८, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?