कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाल–चीन सीमा व्यवस्थापन सम्झौता संसद्मा

काठमाडौँ — परराष्ट्र मन्त्रालयले नेपाल र चीन सरकारबीच हालै भएको ‘सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता’ संघीय संसद्को सचिवालयमा दर्ता गरी सांसदहरूलाई वितरण गरेको छ ।

नेपाल–चीन सीमा व्यवस्थापन सम्झौता संसद्मा

चीनका राष्ट्रपति सी चिनफिङ असोज २६ गते नेपाल भ्रमणमा आएका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले हस्ताक्षर गरेको सम्झौता जानकारीका लागि संसद् लगिएको हो ।


नेपाल सरकारले स्वीकार गरेका सन्धिहरूको सूचना संघीय संसद्को बैठक बसेको एक महिनाभित्र जानकारीका लागि पेस गर्नुपर्ने व्यवस्थाबमोजिम यो सम्झौता बुझाइएको परराष्ट्र मन्त्री ज्ञवालीले जनाएका छन् ।


उनले सीमा क्षेत्रलाई दुई राष्ट्रबीच स्थायी शान्ति तथा दिगो मित्रताको क्षेत्र निर्माण गर्न सम्झौता गरिएको पनि उल्लेख गरेका छन् । उनले सम्झौता कार्यान्वयनबाट नेपाल र चीनबीचको सीमा व्यवस्थापन प्रणालीलाई अद्यावधिक, दुरुस्त एवं प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।


सम्झौतामा यसअघि चीनसँग भएका सिमाना रेखांकन तथा निर्धारणसम्बन्धी सन्धि, सम्झौता र प्रोटोकलका आधारमा दुई देशबीचका सीमा चिह्न, सीमा स्तम्भ निर्माण तथा मर्मत, सीमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम, अपराध नियन्त्रण, क्वारेन्टाइन, सीमा वारपार उड्डयनसहितका विषय छन् । सम्झौतामा कार्यान्वयनका लागि नेपाल–चीन सीमा संयुक्त आयोग गठनलगायतका विषयसमेत समेटिएका छन् ।


४२ बुँदे उक्त सम्झौता अंग्रेजी, नेपाल र चिनियाँ भाषामा छ ।

प्रकाशित : माघ ७, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?