२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच शिष्टचार भेट

काठमाडौँ — सात दिने भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी एस्ट्रिड र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच शिष्टचार भेटवार्ता भएको छ ।

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच शिष्टचार भेट

मंगलबार रक्षा मन्त्रालयमा भएको उक्त भेटमा रक्षामन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेको कुरा बताएका थिए ।


भेटमा राजकुमारी एस्ट्रिडले नेपालमा हालका दिनमा राजनीतिक स्थिरता कायम भएकोमा खुसी व्यक्त गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएकी थिइन् । यस्तै, उनले आफू अध्यक्ष रहेको डेमियन फाउण्डेसनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल लगायतका मुलुकहरूमा कुष्ठरोग र क्षयरोगको निवारणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने कुरा व्यक्त गरेकी थिइन् ।


भेटमा राजकुमारीका श्रीमान्, बेल्जियमका लागि नेपालका राजदूत, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : माघ ७, २०७६ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?