१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गाउँपालिकाको गाडीले आँगनमा बसिरहेकालाई ठक्कर दियाे, ३ घाइते, बालककाे मृत्यु [अपडेट]

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका कार्यालयको गाडीले ठक्कर दिँदा स्थानीय ३ जना घाइते भएका छन् । घाइतेको उपचारका लागि भरतपुरस्थित मेडिकल कलेज लगिएको छ ।

गाउँपालिकाको गाडीले आँगनमा बसिरहेकालाई ठक्कर दियाे, ३ घाइते, बालककाे मृत्यु [अपडेट]

दुर्घटनापछि आक्रोशित स्थानीयले ग १ झ ३८९ नम्बरको गाडी तोडफोड गरेका छन । गाडीले घरको आँगनमा बसेकालाई ठक्कर दिएका कारण स्थानीय आक्रोशित भएको गाउँलेको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार मंगलबार दिउँसो ५ बजे भएको दुर्घटनामा परी हुप्सेकोट गाउँपालिका–४ का ५५ वर्षीय भिमबहादुर लुंगेली, २६ वर्षीया मिना गाहा र नाम नखुलेको अर्का एकजना घाइते छन् ।

हुप्सेकोट गाउँपालिका कार्यालयबाट दक्षिणमा रहेको महेन्द्रराजमार्गतर्फ जाँदै गर्दा राजमार्ग किनारको घर आँगनमा बसिरहेका उनीहरुलाई ठक्कर दिएको स्थानिय प्रियधनले जानकारी दिए । गाडी हुप्सेकोट गाउँपालिकाको हो ।

घटनास्थलमा प्रहरी पुगेको छ । गाउँपालिकाको कार्यालयबाट २ सय मिटर दक्षिण दुर्घटना भएको हो ।

अपडेट :

बालकको मृत्यु

घाइतेमध्ये नाबालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार गम्भिर घाइते ७ वर्षीय दिपु गाहको उपचारका क्रममा मृत्यु भएको हो गाडीका चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : माघ ७, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?