गाउँपालिकाको गाडीले आँगनमा बसिरहेकालाई ठक्कर दियाे, ३ घाइते, बालककाे मृत्यु [अपडेट]

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका कार्यालयको गाडीले ठक्कर दिँदा स्थानीय ३ जना घाइते भएका छन् । घाइतेको उपचारका लागि भरतपुरस्थित मेडिकल कलेज लगिएको छ ।

ZenTravel

दुर्घटनापछि आक्रोशित स्थानीयले ग १ झ ३८९ नम्बरको गाडी तोडफोड गरेका छन। गाडीले घरको आँगनमा बसेकालाई ठक्कर दिएका कारण स्थानीय आक्रोशित भएको गाउँलेको भनाइ छ।

Meroghar

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार मंगलबार दिउँसो ५ बजे भएको दुर्घटनामा परी हुप्सेकोट गाउँपालिका–४ का ५५ वर्षीय भिमबहादुर लुंगेली, २६ वर्षीया मिना गाहा र नाम नखुलेको अर्का एकजना घाइते छन्।

हुप्सेकोट गाउँपालिका कार्यालयबाट दक्षिणमा रहेको महेन्द्रराजमार्गतर्फ जाँदै गर्दा राजमार्ग किनारको घर आँगनमा बसिरहेका उनीहरुलाई ठक्कर दिएको स्थानिय प्रियधनले जानकारी दिए। गाडी हुप्सेकोट गाउँपालिकाको हो।
घटनास्थलमा प्रहरी पुगेको छ। गाउँपालिकाको कार्यालयबाट २ सय मिटर दक्षिण दुर्घटना भएको हो।
अपडेट :
बालकको मृत्यु
घाइतेमध्ये नाबालकको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार गम्भिर घाइते ७ वर्षीय दिपु गाहको उपचारका क्रममा मृत्यु भएको हो गाडीका चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित : माघ ७, २०७६ १८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चन्दका दुई नेता पक्राउ 

कमल पन्थी

बर्दिया — चन्द समूहका रोल्पाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले गुलरिया नगरपालिका—६ बाट मंगलबार बेलुकी ५ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समूहका रोल्पा थवाङ गाउँपालिका—१ का थवाङ स्वायत्त क्षेत्रका सेक्रेटरी ३५ वर्षीय अमित घर्ती र थवाङ स्वायत्त क्षेत्र ईन्चार्ज ४३ वर्षीय हितप्रसाद रोका रहेको प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित : माघ ७, २०७६ १८:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×