२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सभामुखमा सापकोटाको मनोनयन दर्ता

जयसिंह महरा

काठमाडौँ — नेकपाका सांसद अग्‍नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् । संसद्‌ भवन नयाँ बानेश्वर पुगेर सापकोटाले मंगलबार मध्याह्न सभामुखमा उम्मेदवारी दिएका हुन् ।

सभामुखमा सापकोटाको मनोनयन दर्ता

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् । समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मणलाल कर्ण रहेका छन् ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले प्रतिनिधिसभाको गरिमा उचो बनाइराख्न सक्दो प्रयास गर्ने बताए ।

नेकपा स्थायी समिति सदस्य रहेका सापकोटालाई आइतबार बसेको सचिवालय बैठकले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचनका लागि संसद‌् सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारीको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र माघ १२ गते निर्वाचन गर्ने कार्यतालिकामा उल्लेख छ।

प्रकाशित : माघ ७, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?