दामनको पानोरमा रिसोर्टमा ८ भारतीय अचेत भेटिए, उपचारका लागि काठमाडौं ल्याइयाे (अपडेट)   

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको  थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय नागरिकलाई काठमाडाै‌ं लगिएकाे छ । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरु मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए ।

दामनको पानोरमा रिसोर्टमा ८ भारतीय अचेत भेटिए, उपचारका लागि काठमाडौं ल्याइयाे (अपडेट)   

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरका अनुसार अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन । ती पर्यटकहरु दुई कोठा लिए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको एसपी राठौरले जानकारी दिए । उनका अनुसार

अचेत अवस्थामा रहेका भारतीयहरुको उद्धार गर्न काठमाडौंबाट हेलिकप्टर बोलाइएको थियाे । उनीहरुलाई केहीबेर अगाडि काठमाडाै‌ लगिएकाे छ ।

१५ जनाको टोलीमा आएकामध्ये एउटै कोठामा बसेका ८ जना बेहोस भेटिएका हुन् ।

प्रकाशित : माघ ७, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?