३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने 

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने र नेकपाको उम्मेदवारलाई पनि समर्थन नगर्ने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने 

उनका अनुसार संसद्‌मा नेकपाको बहुमत रहेकाले कांग्रेस तटस्थ बस्ने निर्णय गरेको हो ।

.............

केहीबेरमा बैठकले सभामुखमा पार्टीको उम्मेदवारको बारेमा धारणा तय गर्ने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।


संसद् सचिवालयले मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखमा उम्मेदवारी दर्ताको समय तोकेको छ । कांग्रेसले सत्तारुढ नेकपाले उपसभामुख दिएमा सभामुखमा उम्मेदवारी नदिने नत्र उम्मेदवारी दिने बताएको छ ।


प्रमुख सचेतक बालकृष्ण खाणले सत्तारुढ दलले सभामुख लिएपछि उपसभामुख प्रतिपक्षीले दाबी गर्नु स्वाभाविक भएको सोमबार संसद् बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बताएका थिए । बैठकले सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई दिन नेकपा तयार भए मिलेर जाने नभए विपक्षीको गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गर्ने भुसालले बताइन् ।

कांग्रेसले सरकार सत्तारुढको र संसद् विपक्षीको भएकाले सभामुख र उपसभामुखमध्ये एउटा आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ । संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था भएकाले नेकपाले एक पद छोड्नै पर्ने बाध्यता छ ।


नेकपाले सभामुखमा नेता अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित : माघ ७, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?