२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सभामुख चयन प्रक्रिया सुरु, माघ १२ गते निर्वाचन हुने

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिने घोषणा गरेपछि ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरको अध्यक्षतामा दोस्रो बैठक ४ बजे बसेको थियो ।

सभामुख चयन प्रक्रिया सुरु, माघ १२ गते निर्वाचन हुने

उक्त बैठकमा ठाकुरले शिवमायाले दिएको राजनीनामा पत्र पढेर सुनाएका थिए । त्यसपछि उनले महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिँदै अर्को बैठक माघ १२ गते दिउँसो ३ बजेका लागि बोलाएका छन् । त्यही दिन सभामुखको निर्वाचन हुनेछ ।


नेकपाले सभामुखका लागि अग्नी सापकोटालाई अगाडि सार्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले छलफलपछि सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामा भाग लिने/नलिनेबारे निर्णय गर्ने बताएका छन् ।

प्रकाशित : माघ ६, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?