प्रदेश ५ को प्रमुख प्रतिपक्षी दलका नेता पोख्रेलको निधन

तिलोत्तमा — प्रदेश ५ का सांसद बलदेव शर्मा पोख्रेलको निधन भएको छ । उनको सोमबार आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–१४ का सभापति नारायण ढकालले बताए । 

प्रदेश ५ को प्रमुख प्रतिपक्षी दलका नेता पोख्रेलको निधन

क्यान्सर रोगबाट पीडित पोख्रेललाई तिलोत्तमास्थित क्रिमसन अस्पतालमा राखिएको थियो । उनलाई निको नहुने भएपछि केहीदिन अघिमात्र घर लगिएको थियो । प्रमुख प्रतिपक्षी दलका सांसद बलदेव प्रदेश ५ का ज्येष्ठ सदस्य थिए । उनी कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभामा सदस्य भएका थिए ।

विसं १९९४ मा प्युठानको तुसारामा जन्मिएका बलदेव २०२० सालबाट रुपन्देही कांग्रेसमा सक्रिय थिए । पोख्रेलका श्रीमती, ४ छोरा र २ छोरी छन् ।

प्रकाशित : माघ ६, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?