उपसभामुख पाए कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपसभामुख पाए कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

मधुसुधन भट्टराई

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख आफ्नो पार्टीलाई दिन सत्तारुढ दल नेकपा तयार भए सभामुखमा उम्मेदवारी नदिने भएको छ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी हुँदा कांग्रेसले यस्तो विकल्प अघि सारेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखमा उम्मेदवारी दिने या नदिने भन्ने विषयमा पार्टीसँग २ विकल्प रहेको बताए ।


‘कांग्रेससँग २ विकल्प छन्, पहिलो प्रमुख सत्तारुढले सभामुख र प्रमुख प्रतिपक्षीले उपसभामुख भागबण्डा गर्ने विकल्प हो,’ प्रवक्ता शर्माले भने, ‘यद्यपि पद अनुकुलको पात्रको प्रश्न त हाम्रा सामु छ ।’


दोस्रो विकल्प सत्तारुढ र विपक्षीको सोझो सेटमा भिडन्त गर्ने रहेको शर्माले बताए । ‘दोस्रो विकल्प भनेको हामीले दुवै पदका लागि उम्मेदवारी दिने,’ शर्माले भने ।


कांग्रेस स्रोतका अनुसार सभामुखमा उम्मेदवारी दिन परे सांसद पुष्पा भुसाललाई अघि सार्ने तयारी गरिएको छ ।


संविधानमा सभामुख र उपसभामुख एउटै दल र लिंग हुन नहुने व्यवस्था छ । त्यसैले नेकपाले उपसभामुख अर्काे दललाई दिनैपर्ने बाध्यता छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले एउटा पदका लागि नेकपासँग छलफल गर्ने बताए । सहमति नभए पनि एउटा पदमा उम्मेदवारी दिने उनले बताए ।

प्रकाशित : माघ ६, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्

म स्टार होइन : भूमि पेडनेकर

कान्तिपुर संवाददाता

सन् २०१९ मा बलिउड अभिनेत्री भूमि पेड्नेकरले खेलेका तीन फिल्म हिट भए । 'सांडकी आँख', 'बाला', 'पति पत्नी और वो' भन्दा अगाडि पनि भूमिले हिट फिल्मको स्वाद चाखिसकेकी छिन् । यसअघि 'ट्वाइलेट एक प्रेमकथा', 'शुभ मंगल सावधान'जस्ता हिट फिल्म गरेकी भुमी आफुलाई स्टार भन्न रुचाउँदिनन् ।

'म आफूलाई कहिल्यै स्टार भन्न सक्दिनँ होला । किनकि म लजालु स्वभावकी छु । तर, म के भन्नसक्छु भने मैले चाहेको फिल्म मैले गर्न पाएँ । अनि मलाई दर्शकले माया पनि गरिदिनु भएको छ । यसअर्थमा म सफल छु' उनले भारतीय मिडियालाई भनेकी थिइन् ।

भूमिलाई भने बलिउड दर्शकले स्टारका रुपमा लिन थालेका छन् । अब भूमि अभिनेता अक्षय कुमारसँग 'दुर्गावती''डल्ली किट्टी और वो चमक्ते सितारे'मा देखिनेछिन् ।

प्रकाशित : माघ ६, २०७६ १३:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×